back
CTIZAN AD

जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा, इभर्टन पुन: लयमा

वि.सं.२०७७ मंसिर ८ सोमवार

681 

shares

८ मंसिर, काठमाडौं । लेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । जितसँगै लिभरपुलले अंक तालिकाको शिर्ष स्थानमा रहेको टोटेनहाम सङग समान २०-२० अंक बनाई दोस्रो स्थानमा रहेको हो ।

लिभरपुलको जितमा लेस्टरका जोनी इभान्सले २१औं मिनेटमा आत्मघाती गोल, ४१औं मिनेटमा डिएगो जोटा र ८६औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै समग्रमा लिभरपुलले ३-० गोल अन्तरले खेलमा जित हासिल गर्यो ।

लिभरपुलको स्टार खेलाडिहरु फरवार्ड मोहम्मद सालाह, थियागो अन्कान्टारा, भर्जिल भान डाइक, ट्रेन्ट अलेक्जान्डर, आर्नोल्ड जो गोमेज, जोर्डन हेन्डरसन जस्ता खेलाडी मैदान बाहिर रहदा पनि  घरेलु मैदानमा लेस्टर विरुद्ध जित हात पारेको हो । यो जितसँगै ६४ खेलमा अपराजित रहदै लिभरपुलले घरेलु मैदानमा नयाँ कीर्तिमान बनाएको छ ।

इभर्टनले पुन: लय लियो
प्रिमियर लिगको सुरुवाति खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको इभर्टन पछिल्ला तीन खेलमा लगातार हार ब्यहोर्दै लय गुमाउन पुगेको थियो । चोटका कारण मुख्य खेलाडिहरु मैदान बाहिर रहदा हार ब्यहोरेको इभर्टन आफ्ना प्रमुख खेलाडि खेलमा फर्किएसँगै फुलहामका विरुद्ध जित निकाल्न सफल भएको छ ।

फुलहाम सङगको खेल इभर्टनले २-३ गोल अन्तरले आफ्नो पक्षमा पारेको हो । इभर्टनको जितमा फर्वाड काल्भर्ट लुइनले खेलको पहिलो मिनेट र २९ औँ मिनेटमा गोल गरे भने डोक्यूरेले ३५ मिनेटमा गोल गर्दै पहिलो हाफमानै इभर्टनले तिन गोल गरेको हो । कार्लो एन्सिलोटिले समाले पछि इभर्टनले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

वि.सं.२०७७ मंसिर ८ सोमवार ११:३२ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...