८ मङ्सिर, पर्सा । कपडामा आईरन लगाउने क्रममा करेन्ट लागेर एकजना मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ ।
कपडामा आईरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १३:३४ मा प्रकाशित






























