back
CTIZAN AD

हत्या गरी फरार भएका दुई अभियुक्त पक्राउ

वि.सं.२०७७ मंसिर ९ मंगलवार

630 

shares

९ मंसिर, रौतहट । मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी पासवानलाई हत्या गरेर फरार भएको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरिएको हो ।

अत्यधिक मदिरा सेवन गरी विकास पासवानलगायत केही व्यक्तिको समूहले सोमबार साँझ घरतर्फ जाँदै गरेका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिटसँगै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको थियो । घाइते पासवानलाई तत्काल एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा गए राति ८ः१५ बजे अस्पतालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनाको केही बेरपछि आरोपी विकास पासवानलाई उनको आफ्नै घरबाट र त्यसको चार घण्टापछि उनकै बयानका आधारमा अर्का आरोपी बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उनको घरैबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

अभियुक्त दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको उनको भनाई छ । पछिल्लो समय प्रहरी उपरीक्षक शाहको निर्देशनमा रौतहटमा प्रहरीले सक्रियता बढाएका कारण अपराध भएको केही घण्टाभित्रै अपराधी पक्राउ गर्न सफल भइरहेको देखिएको छ ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १४:१६ मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...