back
CTIZAN AD

बालिकाको हत्या गर्ने साह पक्राउ

वि.सं.२०७७ मंसिर ९ मंगलवार

606 

shares

९ मंसिर,काठमाडौं । बर्दिबासमा गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहले हत्या गरेको अभियोग छ ।

आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आइतबार साँझ बालिका हराएपछि ईलाका प्रहरी कार्यालय बर्दिबासले खोजी तथा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा सम्लग्न प्रहरीका अनुसार साहले उनको पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा उनको मृत्यु भएको थियो । मृत्यु पछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुल्न आएको छ ।

घटना पश्चात अरूणले गौशाला नगरपालिका-५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराए पश्चात मृतकको बुबाले ईलाका प्रहरी कार्यालय गौशालामा पुर्‍याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घर आगजनी गर्नुका साथै बर्दिबास नगरपालिका-१४ स्थित चोकमा सडक अवरोध गरेका छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १४:३४ मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...