९ मंसिर, काठमाडौँ । जिल्ला महोत्तरी, सशस्त्र प्रहरी बल, सुरक्षा बेश क्याम्प, रामनगर, गौशालाका प्रहरी जवान उमेश महतो चौहान घुस सहित पक्राउ परेका छन् ।
प्रहरी जवान चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीबाट रु. १७ हजार ६ सय रकम लिएको अवस्थामा पक्राउ गरेको हो ।
अनुसन्धानको सिलसिलामा महोत्तरीमा सादा पोशाकमा रही घुमुवाको रूपमा कार्यरत सशस्त्र प्रहरी जवान चौहानले उक्त कार्य गरेको पुष्टि हुन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १४:४४ मा प्रकाशित






























