back
CTIZAN AD

भारततर्फको सीमा नाका तत्काल खुल्ला गर्न जसपाको माग (विज्ञप्तीसहित)

वि.सं.२०७७ मंसिर ९ मंगलवार

822 

shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले भारततर्फको सीमा नाका तत्काल खुल्ला गर्न सरकारसँग माग गरेको छ । जसपाले एक विज्ञप्ती सार्वजनिक गर्दै सीमा नाका बन्द हुँदा तराई तथा मधेशका जनताको जीवन कष्टकर बनेको भन्दै नाका खुल्ला गर्न माग गरेको हो ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा सीमा नाका बन्द हुँदा तराई तथा मधेशका जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगारलगायतका क्षेत्रमा गम्भीर समस्याहरु देखा परेका छन् ।

‘लामो समयदेखि सीमा नाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै सीमा क्षेत्र खासगरी तराई/मधेशका जनताको जीवन अत्यन्त कष्टकर हुन गएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुल्ला गरी व्यवस्थित एवं सहज गर्नुपर्छ ।’

यस्तो छ विज्ञप्ती

वि.सं.२०७७ मंसिर ९ मंगलवार १४:५३ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...