
१० मंसिर, काठमाडौँ । महागढीमाई नगरपालिका र काइके गाउँपालिकाले दक्ष, सक्षम तथा योग्यता पुगेका केहि कर्मचारीहरुको माग गरेको छ ।
बारा स्थित महागढीमाई नगरपालिकाले उद्यम विकास सहजकर्ताको लागि २ जना उद्यम विकास सहजकर्ताको प्रमाणपत्र भएको कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त नगरपालिकाका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साईजको फोटो सहित सुचना प्रकाशित मितिले १५ भित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।
यस्तो छ सूचनाः
यस्तै डोल्पा स्थित काइके गाउँपालिकाले पनि प्राबिधिक सहायकमा स्थानीय सेवाको चौथो तहको लागि २ जना कर्मचारीको माग गरेको छ ।
उक्त गाउँपालिकाको अनुसार योग्यता पुगेका ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको फोटोकपी र २ प्रति पिपी साईजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिन भित्र दरखास्त दिनुपर्ने छ ।
यस्तो छ सूचना ः