back
CTIZAN AD

कञ्चनरुप नगरपालिकाले ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गर्दै

वि.सं.२०७७ मंसिर १० बुधवार

693 

shares

१० मंसिर सप्तरी । पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्र्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ ।

कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण शुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिए।

नगरपालिकाको १२ वटै वडाका स्थानीय कृषक, कृषि फर्म तथा समूहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको कृषकले बताएका छन् । किसानको समस्यालाई हल गर्न खेतमै गई प्राविधिकले सल्लाह सुझावसमेत दिने गरेको कृषक राजकिशोर महतोले बताए । कञ्चनरुप नगरपालिका–१२ रुपनगरका कृषक पुष्प कार्कीले रु ५० हजार लगानीबाट एक मौसममा रु एक लाखसम्मको आम्दानी गरेको बताए।

निर्वाहमुखी कृषि खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक कृषक बनाउन अनुदानमा च्याउको बीउ वितरण गरिएको कञ्चनरुप नगरपालिकाले जनाएको छ । च्याउखेती गर्नेले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्नसक्ने भएकाले कृषकको आकर्षण बढेपछि अनुदानमा बीउ वितरण गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताए । नगर प्रमुख मिश्रका अनुसार उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्न कृषकलाई निकट भविष्यमा आवश्यक तालीम सञ्चालन गरिने बताए ।

पराले च्याउखेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । यसको खेती घरबाहिर खेतबारी, रूखको छहारी वा खरका छाप्रोअर्थात् टहरामा पनि गर्न सकिने प्राविधिकको भनाइ छ । गाउँमा आफ्नै घर वरपरका घाम नलाग्ने छहारीमा यसको खेती गर्न सकिन्छ । यसका लागि सिधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन । च्याउखेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन ।

च्याउको ब्याड बनाउने सतहमा इँटा वा ढुङ्गाको लाइन छापेर, काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाको चाङ लगाउनुपर्दछ । च्याउको ब्याडको चारैतिर सानो कुलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको ब्याडमा मुसा र अन्य कीरा जान रोकिन्छ । साथै, यसले च्याउको ब्याडलाई ओसिलो बनाइराख्नसमेत सहयोग पुग्छ । ठाउँको बचत गर्न तीन तला गरी ब्याड बनाउन सकिन्छ तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिने यादवले बताए।

च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइने च्याउलाई पौष्टिक खानाको रूपमा लिइन्छ । अन्य तरकारी खेतीको तुलनामा च्याउखेती कम लगानीमा बढी उत्पादन हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाको भनाइ छ ।

यसअघि पनि कञ्चनरुप नगरपालिकाले मौसमी तथा बेमौसमी तरकारी, फलफूल, धान, मकैलगायत अन्य प्रकारका बीउबिजन तथा धानको गवारो आदिको विषादी अनुदानमा वितरण गरेको थियो । रासस

वि.सं.२०७७ मंसिर १० बुधवार १३:०० मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...