१० मंसिर, काठमाडौँ । सैनामैना सवडिभिजन वन कार्यालय, मुर्गीया, रूपन्देहीमा वन रक्षक पदमा कार्यरत प्रेमचन्द्र विश्वकर्मा माथी मुद्दा दायर गरिएको छ ।
निज विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीबाट रु १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको सिलसिलामा निजले सेवाग्राहीलाई चिरान काठ ओसारपसार गर्ने सहज गरिदिएबापत घुस लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७७ मंसिर १० बुधवार १३:०० मा प्रकाशित






























