back

च्याम्पियन्स लिग: चार टिम दोस्रो चरणमा प्रवेश

वि.सं.२०७७ मंसिर १० बुधवार

111 

shares
NTC AD
Global IME AD

१० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तरगत चार टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरण प्रवेश गर्नेमा चेल्सि, सेभिल्ला, बार्सिलोना र जुभेन्टस् छन् ।

मंगलबार सम्पन्न खेलमा चेल्सिले रेन्नेसलाई २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । चार खेलबाट १० अंक जोडेको चेल्सि समुह चरउणको बाँकि दुई खेल अगाबै दोस्रो चरणमा प्रवेश गरेको छ । चल्सिसँगै समान खेलबाट १० अंक जोड्दै समुहको दोस्रो स्थानमा रहेको सेभिल्ला पनि दोस्रो चरणमा प्रवेश गरेको छ । यी दुबै टिम समुह इ बाट दोस्रो चरणमा प्रवेश गरेका हुन ।

समुह जि बाट पनि बार्सिलोना र जुभेन्टस् दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । मंगलबार राति सम्पन्न खेलमा दुबै टिमले जित निकाल्दै दोस्रो चरणमा प्रवेश पाएको हो । समुह चरणको चौँथो खेलमा बार्सिलोनाले डायनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै चार खेलबाट १२ अंक जोडि दोस्रो चरणमा प्रवेश गरेको हो । चार खेलमध्य एक खेल गुमाएको युभेन्टस् पनि ९ अंकका साथ दुई खेल अगाबैँ दोस्रो चरणमा प्रवेश गरेको हो । युभेन्टस्ले आफ्नो चौँथौ खेलमा फेरेनक्वेरोसीलाई २-१ गोल अन्तरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

मंगलबार भएको अन्य खेलमा म्यान्चेस्टर युनाईटेडले इस्तांबुल बशाक्षेहिलाई ४-१ गोलले पराजित गर्दै चारखेलमा तिन जित र एक हार सहित ९ अंकका साथ आफ्नो समुहमा पहिलो स्थानमा रहेको छ । सोहि समुहमा रहेको पियसजीले पनि आरबी लेपिग्ज बिरुद्ध १-० को गोल अन्तरमा जित निकाल्दै चार खेलबाट दुइ जित र दुइ हारका साथ ६ अंक जोडि दोस्रो स्थानमा रहेको छ ।

समुह एचमा रहेको बोरुसिया डर्टमन्डले क्लब ब्रुगलाई ३-० ले पराजित गरेको छ । त्यस्तै सोहि समुहमानै रहेको लाजिवले जेनितलाई ३-१ ले पराजित गरेको छ । समुह एफमा चार खेलबाट ९ अंक जोडेको बोरुसिया डर्टमन्ड पहिलो र समान खेलबाट ८ अंक जोडेको लाजिव दोस्रो स्थानमा छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार १३:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...