back
CTIZAN AD

च्याम्पियन्स लिग: चार टिम दोस्रो चरणमा प्रवेश

वि.सं.२०७७ मंसिर १० बुधवार

693 

shares

१० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तरगत चार टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरण प्रवेश गर्नेमा चेल्सि, सेभिल्ला, बार्सिलोना र जुभेन्टस् छन् ।

मंगलबार सम्पन्न खेलमा चेल्सिले रेन्नेसलाई २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । चार खेलबाट १० अंक जोडेको चेल्सि समुह चरउणको बाँकि दुई खेल अगाबै दोस्रो चरणमा प्रवेश गरेको छ । चल्सिसँगै समान खेलबाट १० अंक जोड्दै समुहको दोस्रो स्थानमा रहेको सेभिल्ला पनि दोस्रो चरणमा प्रवेश गरेको छ । यी दुबै टिम समुह इ बाट दोस्रो चरणमा प्रवेश गरेका हुन ।

समुह जि बाट पनि बार्सिलोना र जुभेन्टस् दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । मंगलबार राति सम्पन्न खेलमा दुबै टिमले जित निकाल्दै दोस्रो चरणमा प्रवेश पाएको हो । समुह चरणको चौँथो खेलमा बार्सिलोनाले डायनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै चार खेलबाट १२ अंक जोडि दोस्रो चरणमा प्रवेश गरेको हो । चार खेलमध्य एक खेल गुमाएको युभेन्टस् पनि ९ अंकका साथ दुई खेल अगाबैँ दोस्रो चरणमा प्रवेश गरेको हो । युभेन्टस्ले आफ्नो चौँथौ खेलमा फेरेनक्वेरोसीलाई २-१ गोल अन्तरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

मंगलबार भएको अन्य खेलमा म्यान्चेस्टर युनाईटेडले इस्तांबुल बशाक्षेहिलाई ४-१ गोलले पराजित गर्दै चारखेलमा तिन जित र एक हार सहित ९ अंकका साथ आफ्नो समुहमा पहिलो स्थानमा रहेको छ । सोहि समुहमा रहेको पियसजीले पनि आरबी लेपिग्ज बिरुद्ध १-० को गोल अन्तरमा जित निकाल्दै चार खेलबाट दुइ जित र दुइ हारका साथ ६ अंक जोडि दोस्रो स्थानमा रहेको छ ।

समुह एचमा रहेको बोरुसिया डर्टमन्डले क्लब ब्रुगलाई ३-० ले पराजित गरेको छ । त्यस्तै सोहि समुहमानै रहेको लाजिवले जेनितलाई ३-१ ले पराजित गरेको छ । समुह एफमा चार खेलबाट ९ अंक जोडेको बोरुसिया डर्टमन्ड पहिलो र समान खेलबाट ८ अंक जोडेको लाजिव दोस्रो स्थानमा छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार १३:१९ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...