
काठमाडौं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।
उक्त्त सम्झौता पश्चात् ज्योति विकास बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत चन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देश सुमित अग्रवालले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासंगै बैंकका ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।