back
CTIZAN AD

बिरामी बढ्दै छन्, छैन स्वास्थ्यचौकीमा औषधि

वि.सं.२०७७ मंसिर ११ बिहीवार

759 

shares

११ मंसिर, कालिकोट । कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छाडेकाले औषधिको अभाव भएको स्वास्थ्यचौकीमा प्रमुख कमल बमले जानकारी दिए। “गाउँपालिकाले रु २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु । यहाँ आइपुगेको छैन ”, उनले भने, “ सरकारले निःशुल्क दिने भनेको औषधिको पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता छ ।”

मौसम परिर्वतन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्यचौकीका प्रमुख बमले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्वास्थ्यचौकीको अनुगमन गर्दा औषधि नभएको बताए ।

स्वास्थ्यचौकीबाट ४० प्रकारका औषधि निःशुल्क वितरण हुने सरकारको नीति रहेको छ । निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नुपरेको स्थानीय कालीबहादुर बमले बताए । “हामीले निःशुल्क पाइने सिटामोल पनि किन्नुपरेको छ”, उनले भने “निःशुल्क पाइने औषधिसमेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता छ ।” रासस

वि.सं.२०७७ मंसिर ११ बिहीवार ११:४६ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...