back
CTIZAN AD

पार्टी विभाजन नगर्न नेकपालाई प्रवासबाट खबरदारी, ज्ञापनपत्र बुझाउने निर्णय

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

696 

shares

१२ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विदेशस्थित भातृसंस्था प्रवासी नेपाली एकता मंचले खबरदारी गर्ने निर्णय गरेको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण विभाजनको संघारमा पुगेको टिप्पणीहरु बढिरहेकै बेला मंचले उक्त निर्णय गरेको हो ।

नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा विश्वका विभिन्न मुलुकमा रहेका प्रवासी नेपाली एकता मंचको अनलाइन बैठकले कुनै किसिमको विभाजन नहोस भनी पार्टीका प्रमुख नेतृत्व र पार्टी केन्द्रीय कार्यालय र सचिवालय सदस्यहरु समक्ष पुग्नेगरी मंसिर १३ गतेको बैठक अगावै सामुहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

२६ नोभेम्बर,२०२० का दिन कमिटीका अध्यक्ष युवराज चौलागाईंको अध्यक्षता, श्रीप्रसाद शाहको संचालन र तिल विश्वकर्माको स्वागत मन्तव्य रहेको उक्त बैठकमा आमन्त्रित विशेष अतिथिका रुपमा स्थायी कमिटी सदस्यद्वय डा भिम रावल र जनार्दन शर्मा ‘प्रभाकर उपस्थित रहेका थिए ।

उक्त बैठकमा कुनै किसिमको विभाजन नहोस भनी पार्टीका प्रमुख नेतृत्व र पार्टी केन्द्रीय कार्यालय र सचिवालय सदस्यहरु समक्ष पुग्नेगरी मंसिर १३ गतेको बैठक अगावै सामुहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने निर्णय भएको नेकपाका केन्दीय सदस्य तथा प्रबास समन्वय कमिटी दक्षिण एशिया ईन्चाजसमेत रहेका तिल विश्वकर्माले जानकारी दिए ।

पार्टी भित्र खासगरी प्रमुख नेतृत्व बीच सृजना भएका विषयमा नै केन्द्रित रही छलफलमा सहभागीहरुले देश र जनताको अनि स्वयं पार्टीको भलाइको लागि पार्टीको एकता कायम रहनु पर्ने कुरामा जोड दिएका थिए ।

बैठकको अन्त्यमा अतिथी रहेका स्थायी कमिटी सदस्य डा भिम रावलद्वारा सहभागीहरुको प्रश्नको उत्तर दिँदै कुनैपनि हालतमा पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा प्रवासमा रहेका जिम्मेवार नेतारकार्यकर्ताहरुबाट कुनै नेता विशेष र पार्टीको एकतालाई अपमानरनोक्सान हुनेगरी कुनै किसिमको टिकाटिप्प्णी सामाजिक संजालमा नलेख्न आग्रह गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार ०८:३९ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...