back
CTIZAN AD

यसरी लुगा बेच्दै छिन् नायिका स्वस्तिमा खड्का, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

1.2K 

shares

काठमाडौ । पछिल्लो समय कोरोनाका कारण फुर्सदिला भएका कलाकारहरु सामाजिक र फरक काम गर्न थालेका छन् ।

केही सामाजिक सञ्जालमा प्रयोग गर्दै आम्दानी बढाउने काममा लागेका छन् भने केही समाजिक काममा सकृय हुँदैछन् । फिल्म हल कहिले खुल्ने कुनै टुंगो नभएपछि कलाकारुहरुको फरक काम प्रति रुचि जाग्न थालेको छ ।

नायीका प्रियंका कार्की र उनका पति घरमै प्रोडक्सन हाउस संचालन गर्ने योजनामा छन् । उनीहरुले एउटा युट्युव कार्यक्रम पनि संचालन गरिरहेका छन् । नायीका वर्षा राउत पनि पारिवारिक कामलाई नै युटु्युवमा सार्वजनिक गर्छिन । अन्य नायिकाहरुले पनि धेरै नयाँ काम थालेका छन् ।

त्यस्तै नायीका स्वस्तीमा खड्काले पनि कोरोना कहरमा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न थालेकी छन् । नक्सालको हंकुक सारंग नाम गरेको कोरियन रेष्टुरेण्टमा स्वस्तीमाले यस्तै काम गरेकी हुन् । एक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै उनने अप्ठेरोमा परेका बालबालिकाहरुलाई सहयोग गर्न आफ्ना पुराना लुगा बेचेको बताएकी छन् ।

उनले आफुले एक दुई पटक मात्र लगाएका लुगा बेच्न राखेकी थिइन् । कतिपय किनेर राखेको तर लगाउँदै नलगाएको लुगा पनि थिए । उनले भनिन्, हामी केटी मानिस धेरै लुगा किन्छौं तर लगाउँदैनौ ।कतिपय एक दुई पटक लगाएपछि पनि त्यतीकै राखेको हुन्छौ । ति लुगा नै दिँदा कतिलाई नराम्रो लाग्न सक्छ । फेरी नमिल्न पनि सक्छ । त्यसैले सस्तोमा ति लुगा किन्न चाहनेले किन्न पनि सक्ने भए । अनि अरुलाई पैसा दिएको पनि हुने भयो । त्यसैले मैले यस्तो योजना बनाए ।

उनले आफुले बेच्न राखेको केही बेरमै सबै लुगा बिक्रि भएको बताए । आफ्ना लुगाहरु किशोरीहरुले किनेको बताइन् । लुगाको मुल्य दुई सय देखि एक हजार रुपैया राखेको बताइन् ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १२:५३ मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...