१२ मङ्सिर, पाल्पा । कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
रामपुर नगरपालिका–३ रजघरा बस्ने दामोदर देवकोटाको अढाई बर्षको छोरा बोधराज देवकोटाको कुलोमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घर आँगनमा खेल्ने क्रममा घर आगाडी रहेको कुलोमा खसेर अशक्त भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १३:५२ मा प्रकाशित






























