नेपालको इतिहासमा सवैभन्दा ठुला पदमा वस्ने भ्रष्टाचारीहरू र राष्ट्रविरोघी सन्घी सम्झौता गर्नेहरू पनि सवै टोपी लगाउने बर्ग कै छन। टोपी लाएर राष्ट्रबादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो। एक दिनको राष्ट्रबादले देशलाई कही लाग्दैन । समानताको कुरा गर्न र ब्यबहारमा उतार्न सजिलो छैन आज राज्यले टोपी दिबस मनाउला भोलि अरु जातजातीले हाकुपटासी, पटुका, सामायानफुंग, छुबा, टॅटूंग लुंगी, धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान, खै कसरी भयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कक्छड तराइ पहाड हिमाल समेट्ने पोसक हुनुपर्छ ? टोपीले मात्रा समाबेशिता देखाउदैन । प्रतीकवादी, अस्तित्ववादी भन्दा पनी यथार्थबादी बन्न सिकौं ।
पुरुषले लगाउने पहिरण महिलाई पटक्कै सुहाउंदैन । कतै तपाइँ श्रीमती, आमा, बहिनी, दिदी, फुफू आदिले तपाईंले जस्तो यो पुरुषको टोपी लगाएर जोकर त भई रहेका छैनन ? फेरी हामी महिलाले गुन्यू चोली दिवस मनाए भने पुरुषहरुले गुन्यू चोली लगाएर हिड्न त मिलेन ।
टोपि संसारमा धेरै देशका मानिसले लगाऊँछन। टोपी पनि थरीथरीका छन् । नेपालमै पनि भादगाऊले टोपि,ढाका टोपि, बिर्खे टोपि र छत्रे टोपि आदि….। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ मिथिला टोपी लाई ‘पाग’ भनिन्छ । अब भन्नुहोस कुन चाही टोपी दिवस मनाउने ? कसैको टोपी लाउने बानि होला ? कसैको सस्कार होला, कसैको राष्ट्रीयता झल्केला आफ्नो ठाउमा छ। खै मैले त बुझ्नै सकीन किन यो बेमौसम अचानक टोपि र धोतिको जुहारी हुदैछ ?
नेपालको इतिहासमा सवैभन्दा ठुला पदमा वस्ने भ्रष्टाचारीहरू र राष्ट्रविरोघी सन्घी सम्झौता गर्नेहरू पनि सवै टोपी लगाउने बर्ग कै छन। टोपी लाएर राष्ट्रबादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो। एक दिनको राष्ट्रबादले देशलाई कही लाग्दैन । समानताको कुरा गर्न र ब्यबहारमा उतार्न सजिलो छैन आज राज्यले टोपी दिबस मनाउला भोलि अरु जातजातीले हाकुपटासी, पटुका, सामायानफुंग, छुबा, टॅटूंग लुंगी, धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान, खै कसरी भयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कक्छड तराइ पहाड हिमाल समेट्ने पोसक हुनुपर्छ ? टोपीले मात्रा समाबेशिता देखाउदैन । प्रतीकवादी, अस्तित्ववादी भन्दा पनी यथार्थबादी बन्न सिकौं ।
सबभन्दा पहिले टोपी, हाकुपटासी, पटुका, सामायानफुंग, छुबा, टॅटूंग लुंगी, धोती, गुन्यू चोली, बख्खुको लाज बचाउ। देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी रोजगारको लागि बाटो बनाउ र स्वदेशी उत्पादित बस्तु विदेशमा बेच्ने बातावरण बनाउ । ज्ञान,विज्ञान,शिक्षा, सीप तालिम, आधुनिक प्रविधि, उद्योग र कृषि विकासको लागि उल्लेखनीय काम गरेर देखाउ। यो झुठो, खोक्रो, अन्धविश्वास र मतभेद हुने धोती, टोपी हाक्कू पोटासी, पटुका, सामायानफुंग, छुबा, टॅटूंग, लुंगीबख्खु दिवस मनाएर राष्ट्रीयताको खिल्ली नउड़ाउँ ।
न्यू इयर इभको पार्टीमा कोट, पॉइंट, टाइ लगाएर, बिदेशी रक्सी पियेर मनाउने अनी त्यसको भोली पल्ट टोपी लगाएर राष्ट्रीयता देखाउने देखि साबधान रहने बेला आएको छ । हिमाल, पहाड र तराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नालाग्नु होला ।
जेभए पनी टोपी दिवसको शुभकामना । मेरो शरीरमा एकसरो बस्त्र भए पनी नभए पनी म नेपाली थिएँ, नेपाली छू र नेपाली रहन्छु । सही बिचार र कर्मले नेपाली बनौं । टोपी लगाउदैमा रास्ट्रीबादी र नलगाउदैमा राष्ट्र बिरोधि हुदैन । चर्को राष्ट्रवाद ‘खोख्रो राष्ट्रवाद’ थोत्रो राष्ट्रबाद भन्दा सानो सक्ने कामले पहिचान बनाऊ । आबश्यक परे यो मेरो देश नेपालको राष्ट्रीयता, अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छू ।
मेरो फेसबुकको पोस्टले भन्न खोजेको कुरा बुझ्दै नबुझी विभिन्न नकारात्मक कमेंट पढ्ने अवसर मिल्यो । फेरि एक चोटि नेगेटिभ बुझिदिनु भएका मित्रजनहरु, मैले टोपी अभियान को विरोध गरेको होइन , पुरुषलाई जसरी महिलाहरुलाई सुहाउँदैन भनेको मात्र हो । टोपी अभियंताले मेरो बिरोधमा लेख नै लेख्नु भयो । मैले त टोपी दिवसको बिरोध गरको पनि छैन । डॉ बाबुराम भट्टराई जो भू पु प्रधानमन्त्री हुनुहुन्छ, वहाको बारेमा टोपी अभियंता र अरु थुप्रै राष्ट्रभक्तहरुले खासै आवाज उठाउनु भएन । अझ मैले टोपी दिवस को खुलेरै बिरोध गरको भए के हुन्थ्यो होला ? के गर्नु ठा बाबुराम भट्टराई पहाडी बाहुन पर्नुभयो । म चाही मधेशी यादव परें । मैले राम्रो कुरा लेख्दा पनी त्यसलाई तोड मोड गरेर मेरो मात्र नभएर भू पु राष्ट्रपति रामबरण यादवलाई पनी मुछियो जसको आफ्नो शिर बाट टोपी कहिल्यै िनकाल्नु भएन ।
“तराइको धोति,पहाडको टोपी र हिमालको भोटो मिलाएर नै शरीर ढाकिन्छ र हाम्रो इज्जत रहन्छ। टोपी हाम्रो शिर ९धोती हाम्रो चिर राष्ट्रीय पोसाक धोतीमाथी टोपी भइदिएको भए सबै मधेशी पहाडी हिमाली एक नेपाली हुने थिएकी रुम मेरो बुबा प्रति गर्व गर्छु वहाले टोपी र धोति कहिल्यै छोड्नु भएन चाहे तो देशमा होस् या विदेशमा ।”
सबै नेपालका राष्ट्रवादी जनताले अब एकता गर्ने र सङ्गै हिड्ने समय आएको छ । आज राष्ट्र बिखण्डंनको मझदारमाँ उभिएको छ । पहाडी समुदायका व्यक्तिले टोपी लगाएर टोपी दिवस मनाए भने मधेसी समुदायका व्यक्तिले त्यहि दिन धोती, कुर्ता र गम्छा लगाएर धोती दिवस मनाए । अब भोली प्रत्येक बर्गले आ–आफ्नो दिवस मनाएर प्रतिस्पर्दा गर्न थाले भने के होला ?
आंदोलन नै गर्ने हो भने भूटानमा भुटानीले आफ्नो राट्रिय पोशाक लगाए जस्ते सबै नेपाली सरकारी कर्मचारीलाई अनिबार्य टोपी लगाउन पर्ने भनेर गर्नुहोस। तपाइँले भोट हालेर पठाएकालाई टोपी लगाउन प्रेशर गर्नुहोस। सगरमाथा, बुद्ध र अरु थुप्रै कुरा भएपनी नभएपनी देश को अस्तित्य्व त रहन्छ र राख्न पर्दछ । हामीलाई जातीय, क्षेत्रीय र धार्मिक द्वन्दमा फसाएर विदेशी हस्तक्षेप गर्ने षडयन्त्र भइरहेको छ । के हामी यस्तो अवस्थामा आई पुग्यौँ की एक दिन टोपी लगाऐर राष्ट्रीयता देखाउनु पर्ने ? अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बोकेको दौरा सुरुवाल राष्ट्रिय पोशाक २०६८ सम्म थियो । गणतन्त्रले राष्ट्रिय पोशाक दौरा सुरुवाल, टोपी सबै खाइदियो । खै काठमांडूको मंड़लामा नारा जुलुस निस्किएन ।
राष्ट्रिय पोशाकको लागि नारा जुलुश कतै देखिदैन। २०६८ सालदेखि हाम्रो देश नेपाल पोशाकविहिन छ । जातीय पोशाक सबैको छ, तर राज्यसँग अन्तर्राष्ट्रिय पहिचान बोकेको पोशाक छैन । खै अब कोट , पॉइंटमा टाई मा टोपी मात्र बांकी छ । कस्तो बिडम्बना ! हुदाँ हुदाँ अब राष्ट्रियता र राष्ट्रवाद पनी एउटा दिवस अनि एउटा टोपीमा सिमित हुन पुगेछ ।
वि.सं.२०७३ पुस २९ शुक्रवार ००:४० मा प्रकाशित

























