back

बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडक खण्डको मापदण्ड फराकिलो बनाउन सुझाव

वि.सं.२०७३ पुस २९ शुक्रवार

786 

shares

२९ पुस, रसुवा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्मको सङ्घर्ष टुङ्गिसकेकाले अब राष्ट्रिय स्थिरता दिन सबै एकजुट भई संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ ।

तेस्रो रसुवा महोत्सवको विहिबार बोगटीटारमा उद्घाटन गर्दै उहाँले यो राजनीतिक स्थिरता आउने वर्ष भएकाले आगामी साल माघसम्ममा निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका हरेक गाउँटोलमा कालोपत्रे सडक पु¥याउनुपर्ने, जलविद्युत् उत्पादकहरुले आफ्नो कामका सबै विवरण जनतासमक्ष प्रस्तुत गरी जनअनुमोदन गराउनुपर्ने, पासाङल्हामु राजमार्गअन्तर्गत बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकखण्डको मापदण्ड अझ फराकिलो बनाउनुपर्ने सुझाव दिनुभयो ।

लहरेपौवा महिला सञ्जालद्वारा सञ्चालित सो महोत्सव आगामी माघ ९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ । उक्त सञ्जालका अध्यक्ष एवम् महोत्सव आयोजक मुल समारोह समितिका संयोजक सरिता लम्सालको सभापतित्वमा भएको कार्यक्रम सफल पार्न रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद जनार्दन ढकालले रु दुई लाख दिने घोषणासमेत गर्नुभयो ।

सो अवसरमा काँग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, युवा नेता उपेन्द्र लम्साल, बालचन्द्र पौडेल, पूर्वसभासद् एवम् नयाँ शक्ति पार्टी रसुवाका संयोजक प्रेम तामाङ, नेकपा (एमाले)का अशोककुमार घिमिरे, नेकपा (माओवादी केन्द्र) रसुवाका अध्यक्ष इन्द्रप्रसाद गोतामेसहितले समुन्नत रसुवा निर्माणमा एक जुट भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘रसुवा महोत्सवको आधारः कृषि तथा पर्यटनको सुधार’भन्ने नारामा भएको सो महोत्सवले स्थानीय कला–संस्कृति संरक्षण, जैविक कृषि उपजको उत्पादन, धार्मिक–ऐतिहासिक– पुरातत्विक सम्पदाको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

वि.सं.२०७३ पुस २९ शुक्रवार ०२:४३ मा प्रकाशित

Himalayan Life AD
जेन–जी आन्दोलनका सहिद स् जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

जेन–जी आन्दोलनका सहिद स् जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

वीरगञ्ज (पर्सा) । जेन–जी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब...

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...