back
CTIZAN AD

बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडक खण्डको मापदण्ड फराकिलो बनाउन सुझाव

वि.सं.२०७३ पुस २९ शुक्रवार

1.1K 

shares

२९ पुस, रसुवा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्मको सङ्घर्ष टुङ्गिसकेकाले अब राष्ट्रिय स्थिरता दिन सबै एकजुट भई संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ ।

तेस्रो रसुवा महोत्सवको विहिबार बोगटीटारमा उद्घाटन गर्दै उहाँले यो राजनीतिक स्थिरता आउने वर्ष भएकाले आगामी साल माघसम्ममा निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका हरेक गाउँटोलमा कालोपत्रे सडक पु¥याउनुपर्ने, जलविद्युत् उत्पादकहरुले आफ्नो कामका सबै विवरण जनतासमक्ष प्रस्तुत गरी जनअनुमोदन गराउनुपर्ने, पासाङल्हामु राजमार्गअन्तर्गत बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकखण्डको मापदण्ड अझ फराकिलो बनाउनुपर्ने सुझाव दिनुभयो ।

लहरेपौवा महिला सञ्जालद्वारा सञ्चालित सो महोत्सव आगामी माघ ९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ । उक्त सञ्जालका अध्यक्ष एवम् महोत्सव आयोजक मुल समारोह समितिका संयोजक सरिता लम्सालको सभापतित्वमा भएको कार्यक्रम सफल पार्न रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद जनार्दन ढकालले रु दुई लाख दिने घोषणासमेत गर्नुभयो ।

सो अवसरमा काँग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, युवा नेता उपेन्द्र लम्साल, बालचन्द्र पौडेल, पूर्वसभासद् एवम् नयाँ शक्ति पार्टी रसुवाका संयोजक प्रेम तामाङ, नेकपा (एमाले)का अशोककुमार घिमिरे, नेकपा (माओवादी केन्द्र) रसुवाका अध्यक्ष इन्द्रप्रसाद गोतामेसहितले समुन्नत रसुवा निर्माणमा एक जुट भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘रसुवा महोत्सवको आधारः कृषि तथा पर्यटनको सुधार’भन्ने नारामा भएको सो महोत्सवले स्थानीय कला–संस्कृति संरक्षण, जैविक कृषि उपजको उत्पादन, धार्मिक–ऐतिहासिक– पुरातत्विक सम्पदाको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

वि.सं.२०७३ पुस २९ शुक्रवार ०२:४३ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...