back
CTIZAN AD

अब त्रिविले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने

वि.सं.२०७७ मंसिर १५ सोमवार

816 

shares

१५ मङ्सिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको भनाई उद्र्धत गर्दै समाचारमा जनाइ अनुसार मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको छ । भुसालका अनुसार धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको जनाइएको छ ।

विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने भएको छ । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको पठनपाठन अनलाइन माध्यमबाट भइरहेकाले त्यसलाई समेत निरन्तरता दिइने समाचारमा जनाइएको छ ।

तर विश्वविद्यालय मातहतका क्याम्पसले कक्षा सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिनुपर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको अवस्थालाई विचार गरी स्थानीय तहबाट स्वीकृति लिएर कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन विश्वविद्यालयले दिएको छ ।
कोरोनाको अवस्था जिल्ला र पालिकापिच्छे फरकफरक अवस्था हुने भएकाले स्थानीय तहसित अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न भनिएको शिक्षाध्यक्ष भुसालले जानकारी दिएको बताइएको छ ।

(समाचार स्रोत : गोरखापत्र दैनिक)

वि.सं.२०७७ मंसिर १५ सोमवार ०८:३८ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...