Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ



१५ मंसिर, कञ्चनपुर । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

वास्तविक परीक्षार्थी बझाङ दुर्गाथली गाउँपालिका–४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी डोटी सायल गाउँपालिका–६ का २२ वर्षीय सुमन खड्कासमेत दुवैलाई पक्राउ गरी कानूनबमोजिम थप अनुसन्धान भइरहेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्