back
CTIZAN AD

मदन भण्डारी फाउण्डेशनलाई वडा तहसम्म विस्तार गरिँदै

वि.सं.२०७७ मंसिर १६ मंगलवार

768 

shares

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ। फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ।

फाउण्डेशन जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी र कालिका नगर कमिटी तथा क्षेत्र नं १ कमिटी गठन गरिसकिएको छ।

रत्ननगर नगर कमिटी र भरतपुर महानगर कमिटी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भट्टराईले जानकारी दिए। कालिका नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकेडेमीसमेत गठन गरिएको छ।  माडी नगर कमिटी र इच्छाकामना गाउँ कमिटी गठनबारे छलफल भइरहेको बताउँदै उनले भने, “पालिका र क्षेत्रीय कमिटी गठन सम्पन्न भएपछि वडा कमिटी गठन गरिने छ।”

जननेता मदन भण्डारीका नाममा स्थापित उक्त फाउण्डेशनले सामाजिक कार्यका साथै विकासनिर्माणका काममा समेत सहजीकरण गर्दै आएको छ। रक्तदान, आँखा शिविर जस्ता कार्यक्रम गरिरहेको फाउण्डेशनले दासढङ्गादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको एकीकृत विकास गर्ने अभियानमा सहजीकरण गरेको छ।

दासढङ्गा र गाँजीपुरमा गत वर्ष केही विकासका काम भइसकेका छन् भने यस वर्षका लागि पनि बजेट विनियोजन भएको छ। नेकपा(एमाले)का  तत्कालीन महासचिव भण्डारीको जीप दासढुङ्गाबाट त्रिशूलीमा खसेको थियो। उनको शव गाँजीपुरमा भेटिएको हो।

दुवै ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न फाउण्डेशनले सहजीकरण गरेको सहसचिव तिलक रिमालले बताए। दासढुङ्गामा राजनीतिक अध्ययन केन्द्रसमेत निर्माण गर्ने योजना छ। रासस

वि.सं.२०७७ मंसिर १६ मंगलवार १५:५१ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...