back
CTIZAN AD

नेप्सेमा सामान्य सुधार, सेन्सेटिभ भने ओरालो लाग्यो

वि.सं.२०७७ मंसिर १६ मंगलवार

669 

shares

१६ मंसिर,काठमाडौं । साताको तस्रो दिन मंगलवार सेयर कारोवार नेप्से ३ दशमलव ३५ अंकले बृद्धी भएर २०००.४० बिन्दुमा पुगेको छ । आज समग्र कारोवार ७ अर्ब नाघेकोे नेप्सेले बताएको छ ।

आज ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ भने ओरालो लागेको छ । आज सेन्सेटिभ १.७७ अंकले ओरालो लाग्दै ३८३.७९ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज पाँच कम्पनी उपसूचक समुहको परिसूचक बाहेका सबै ७ वटा कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा बढि जिवन बीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले २१६.८३ अंकले कमाउएका छन् । सबैभन्दा बढि गुमाउनेमा व्यापार समुहका लगानिकर्ताहरु रहेका छन् । उनीहरुले १०७.६४ अंकले गुमाएका छन् ।

आज कूल सूचिकृत मध्ये १९७ कम्पनीको ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ वरावरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ६७ हजार ३५५ पटक लेनदेन भएको छ ।

आजको कारोवारमा नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा बढि कमाएको छ । उसले मात्र (१४५) अंकले कमाउदै ९.९७ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा नेपाल टेलिकम (१०४), सिभम सिमेन्ट(७८), नोको इन्सुरेन्स कम्पनी (५६) का लागानिकर्ताले कमाउदा बोट्लरस् नेपाल तराई(४९६), साल्ट ट्रेडिङ कर्पोरेसन(२९५), एभरेष्ट इन्सुरेन्स कम्पनी लगायतका कम्पनीका लगातिकत्ताले गुमाएका छन् ।

आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ६५ करोड ७९ लाख ८८ हजार १०२ रुपैयाँ वरावरको ४ लाख ३० हजार ७३५ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य १५९९ रहेको छ । त्यस्तै नेपाल टेलिकम, नेपाल लाईफ इन्सुरेन्स कम्पनी, नेपाल बङगलादेश बैंक क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

कारोवार संख्याको आधारमा एनएमबि५० शिर्ष संथानमा रह्यो । त्यस्त कारोवार संख्याकै आधारमा नेपाल बङगलादेश बैंक, नेपाल क्रेढिट एण्ड कमर्स बैंक, प्रभु बैंक लिमिटेड क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

आज कुल सूचिकृत कम्पनी मध्ये ३७ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १२८ कम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै ७ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

Market Summary
Total Turnover Rs: 7,404,154,007
Total Traded Shares 18,576,708
Total Transactions 67,355
Total Scrips Traded 197

Market Information
Index Current Points Change %Change
NEPSE 2,000.40 3.35 0.17 
Sensitive 383.79 1.77 0.46 
Float 135.34 1.01 0.74
Sen. Float 122.28 2.13 1.71  
Sub-Indices Current Points Change %Change
Banking 1,500.94 41.43 2.69 
Trading 2,328.36 107.64 4.42 
Hotels 2,007.66 20.82 1.03 
Development Bank 2,217.12 52.84 2.33 
HydroPower 1,632.32 38.63 2.42 
Finance 898.36 7.43 0.82  
Non Life Insurance 9,834.18 34 0.34 
Manu.& Pro. 4,542.26 99.81 2.25  
Others 1,676.27 107.7 6.87 
Microfinance 2,925.97 1.43 0.05  
Life Insurance 12,256.22 216.83 1.8  
Mutual Fund 11.42 0.18 1.55 

वि.सं.२०७७ मंसिर १६ मंगलवार १५:३९ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...