
१६ मंसिर,काठमाडौं । साताको तस्रो दिन मंगलवार सेयर कारोवार नेप्से ३ दशमलव ३५ अंकले बृद्धी भएर २०००.४० बिन्दुमा पुगेको छ । आज समग्र कारोवार ७ अर्ब नाघेकोे नेप्सेले बताएको छ ।
आज ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ भने ओरालो लागेको छ । आज सेन्सेटिभ १.७७ अंकले ओरालो लाग्दै ३८३.७९ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज पाँच कम्पनी उपसूचक समुहको परिसूचक बाहेका सबै ७ वटा कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा बढि जिवन बीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले २१६.८३ अंकले कमाउएका छन् । सबैभन्दा बढि गुमाउनेमा व्यापार समुहका लगानिकर्ताहरु रहेका छन् । उनीहरुले १०७.६४ अंकले गुमाएका छन् ।
आज कूल सूचिकृत मध्ये १९७ कम्पनीको ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ वरावरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ६७ हजार ३५५ पटक लेनदेन भएको छ ।
आजको कारोवारमा नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा बढि कमाएको छ । उसले मात्र (१४५) अंकले कमाउदै ९.९७ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा नेपाल टेलिकम (१०४), सिभम सिमेन्ट(७८), नोको इन्सुरेन्स कम्पनी (५६) का लागानिकर्ताले कमाउदा बोट्लरस् नेपाल तराई(४९६), साल्ट ट्रेडिङ कर्पोरेसन(२९५), एभरेष्ट इन्सुरेन्स कम्पनी लगायतका कम्पनीका लगातिकत्ताले गुमाएका छन् ।
आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ६५ करोड ७९ लाख ८८ हजार १०२ रुपैयाँ वरावरको ४ लाख ३० हजार ७३५ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य १५९९ रहेको छ । त्यस्तै नेपाल टेलिकम, नेपाल लाईफ इन्सुरेन्स कम्पनी, नेपाल बङगलादेश बैंक क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
कारोवार संख्याको आधारमा एनएमबि५० शिर्ष संथानमा रह्यो । त्यस्त कारोवार संख्याकै आधारमा नेपाल बङगलादेश बैंक, नेपाल क्रेढिट एण्ड कमर्स बैंक, प्रभु बैंक लिमिटेड क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
आज कुल सूचिकृत कम्पनी मध्ये ३७ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १२८ कम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै ७ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।
Market Summary | |
Total Turnover Rs: | 7,404,154,007 |
Total Traded Shares | 18,576,708 |
Total Transactions | 67,355 |
Total Scrips Traded | 197 |
Index | Current | Points Change | %Change | ||
NEPSE | 2,000.40 | 3.35 | 0.17 | ![]() |
|
Sensitive | 383.79 | 1.77 | 0.46 | ![]() |
|
Float | 135.34 | 1.01 | 0.74 | ![]() |
|
Sen. Float | 122.28 | 2.13 | 1.71 | ![]() |
|
Sub-Indices | Current | Points Change | %Change | |
Banking | 1,500.94 | 41.43 | 2.69 | ![]() |
Trading | 2,328.36 | 107.64 | 4.42 | ![]() |
Hotels | 2,007.66 | 20.82 | 1.03 | ![]() |
Development Bank | 2,217.12 | 52.84 | 2.33 | ![]() |
HydroPower | 1,632.32 | 38.63 | 2.42 | ![]() |
Finance | 898.36 | 7.43 | 0.82 | ![]() |
Non Life Insurance | 9,834.18 | 34 | 0.34 | ![]() |
Manu.& Pro. | 4,542.26 | 99.81 | 2.25 | ![]() |
Others | 1,676.27 | 107.7 | 6.87 | ![]() |
Microfinance | 2,925.97 | 1.43 | 0.05 | ![]() |
Life Insurance | 12,256.22 | 216.83 | 1.8 | ![]() |
Mutual Fund | 11.42 | 0.18 | 1.55 | ![]() |