back
CTIZAN AD

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

वि.सं.२०७७ मंसिर १७ बुधवार

696 

shares

१७ मङ्सिर, काठमाडौँ । उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो ।

कम्पनीले स्थानीय आयोजना प्रभावितलाई आजदेखि साधारण शेयर बिक्री गर्न थालेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ । कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ ।

आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका– ३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ र १० छन् । बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ ।

कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी रु एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १३:४० मा प्रकाशित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...