back
CTIZAN AD

अब मोबाइलबाटै एनआईसीमा खाता खोल्न सकिने

वि.सं.२०७७ मंसिर १७ बुधवार

633 

shares

१७ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको शुरुवात गरेको छ । बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन यो सेवाको सुरुवात गरेको हो ।

उक्त्त बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबाईल बैंकिङ एपमा रहेको फिक्स डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन् । यस बैंकमा ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्ने बैंकले जनाएको छ । ।

यसका साथै, वार्षिक ब्याजदर सुविधा ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । बैंकले मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था समेत गरेको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १५:०४ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...