back
CTIZAN AD

किसानहरुका माग पुरा नहुदा भारतमा प्रदर्शन जारी

वि.सं.२०७७ मंसिर १७ बुधवार

696 

shares

१७ मंसिर, नयाँदिल्ली । भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ । सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् ।

संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि नै असन्तुष्टि जनाउँदै आएपनि पछिल्लो केही समयदेखि आन्दोलन नै गर्न थालेका छन् । उनीहरुले केन्द्रीय राजधानी नयाँदिल्लीको निराकार संगम मैदानमा शुरु गरेको प्रदर्शन बुधबार एक हप्ता भएको हो ।

आन्दोलन चर्किदै गएपछि सरकारले आन्दोलनकारी किसानहरुलाई वार्तामा बस्न आग्रह गरेको थियो । सरकारको आग्रह अनुसार मंगलबार राती भएको वार्ता पनि विना निश्कर्ष सकिएको छ । वार्तामा सरकारी पक्षले मागहरुको सम्वोधनका लागि छुट्टै समिति बनाउन प्रस्ताव गरेपनि आन्दोलनरत किसानहरुले भने अस्विकार गरेका छन् ।

आन्दोलनकारीका प्रतिनिधिहरु तथा अगुवाहरुसँग भएको वार्ताले पनि सकारात्मक संकेत नदिएपछि आन्दोलन थप चर्किने र लम्बिने संभावना देखिएको छ । वार्ता सकारात्मक नभएपनि कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने वार्ता राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुसँगको वार्ता यही डिसेम्बर ३ तारिख भोलि ९बिहीबार० फेरी गर्ने तय भएको पनि उनले जानकारी दिए । “हामीले आन्दोलनरत किसानहरुका प्रतिनिधिहरुसँग निरन्तर कुराकानी गर्न खोजेका छौँ, तर उहाँहरु छुट्टा छुट्टै गर्न चाहनुहुन्छ, हामीलाई त्यसमा पनि समस्या छैन,” मन्त्री तोमरले भने ।

सरकारले किसान र उपभोक्ताकै हितका लागि कानुन ल्याइएको दावी गरेको छ भने किसानहरुले नयाँ कानुनले किसानलाई मर्कामा पार्ने दावी गरेका छन् ।रासस/एएनआई

वि.सं.२०७७ मंसिर १७ बुधवार १५:०३ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...