
१७ मंसिर, काठमाडौं । साताको चौँथो दिन बुधबार सेयर कारोवार नेप्से दोहोरो अंकले बढेको छ । आज समग्र कारोवार रकम साँडे ७ अर्व नजिक पुगेको छ ।
आज नेप्से परिसूचक ७०.६२ अंकले बढेर २०७१.०२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि १२.२५ अंकले बढेर ३९६.०४ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज ब्यापार बाहेक सबै ११ वटा कम्पनी उपसूचक समुहको परिसूचक उकालो लागेको छ । आज सबैभन्दा बढी जिबनबीमा सुमुहका लगानिकर्ताहरुले कमाएका छन् । उनीहरुले ६०८.७३ अंकले कमाउएका छन् ।
आज कूल सूचिकृत मध्ये २०१ कम्पनीको ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँ वरावरको १ करोड ५५ लाख ६४ हजार ४२७ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ६१ हजार ६३६ पटक लेनदेन भएको छ ।
आजको कारोवारमा हिमालयन डिस्टिलरि लिमिटेडले सबैभन्दा बढि कमाएको छ । उसले मात्र ३७० अंकले कमाउदै १० प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा नेपाल साना किसान बिकास बैंक(१६०), जेयसलबि बैंक (१५६) लगाएतका लगानिकर्ताहरुले कमाउदा यूनिलिभर नेपाल(११००), साल्ट ट्रेडिङ कर्पोरेसन(१३०), हिमालयन जेनेरल इन्सुरेन्स(१३) लागाएतका कम्पनीका लगानिकर्ताहरुले गुमाएका छन् ।
आजको बजारमा कारोवार रकमको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा रह्यो । उसको मात्र ४० करोड ७ लाख ८३ हजार ७५५ रुपैयाँ वरावरको ३ लाख १२ हजार ६७६ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य १२९२ रहेको छ । त्यस्तै नेपाल लाईफ इन्सुरेन्स कम्पनी, नविल बैंक लिमिटेड, हिमालयन डिस्टिलरि लिमिटेड क्रमश दोश्रो, तेस्रो र चौथो स्थानमा रहे ।
कारोवार संख्याको आधारमा सानिमा इक्यूटि फण्ड शिर्ष संथानमा रह्यो । त्यस्तै नेपाल बंङलादेश बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।
आज कुल सूचिकृत कम्पनी मध्ये ११७ कम्पनीका लगानिकर्ताले कमाएका छनभने ४१ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १५ कम्पनीको कारोवारमा कुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।