back
CTIZAN AD

भरतपुरमा खानेपानी आयोजनाको शिलान्यास

वि.सं.२०७७ मंसिर १७ बुधवार

717 

shares

१७ मंसिर, चितवन । भरतपुर महानगरपालिका–६ गीतानगरमा खानेपानी आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज ट्याङ्कीको शिलान्यास गर्दै नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको छ भने ।

प्रमुख दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले सोहीबमोजिम महानगरपालिका र खानेपानी बोर्डमार्फत काम अगाडि बढाइरहेको जानकारी दिए। उनले खानेपानीलाई व्यवस्थित गर्न पाइपलाइन र आयोजनाको विस्तारमा सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्न पनि आग्रह गरे ।

भरतपुर खानेपानी बोर्डका अध्यक्षसमेत रहेका दाहालले तोकिएकै समयमा गुणस्तरीय ढङ्गले योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिदैं प्राविधिक र उपभोक्ता समितिलाई सहजीकरण र गुणस्तर कायममा अनुगमन गर्न आग्रह गरे्।

भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुर खानेपानी बोर्डले भरतपुर महानगरपालिकाको वडा नं १ देखि १६ सम्म व्यवस्थित प्रणालीमार्फत शुद्ध पिउने पानी उपलब्ध गराइरहेको जानकारी दिए ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख सञ्जय दासले यस ठाउँमा गत आर्थिक वर्षमा डिप बोरिङ निर्माण सम्पन्न भइसकेका बताउँदै यस आवमा सम्पन्न गर्ने गरी रु एक करोड ४४ लाखको लागतमा चार लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माणको काम शुरू भएको जानकारी दिए । उनका अनुसार सो कामका लागि योजना निर्माणको जिम्मा कृपा कन्सट्रक्सनले एक वर्षभित्रमा सक्ने गरी अगाडि बढाएको छ । यस आयोजनाबाट वडा नं ६ र वरपरका सेवाग्राही लाभान्वित हुनेछन् ।

सोही आयोजनाको ओभरहेड ट्याङ्कीको महानगर प्रमुख दाहालले आजै शिलान्यास गरेका छन । गीतानगर खानेपानी आयोजनाका अध्यक्ष एवं वडा न ६ का वडाध्यक्ष हरिविलास कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । भरतपुर महानगरपालिका क्षेत्रभित्र बोर्ड, आयोजना र उपभोक्ता समिति गरी ८४ प्रतिशत जनतालाई शुद्ध खानेपानीको पहुँच पु¥याउन सकिएको भरतपुर खानेपानी बोर्डले जनाएको छ । रासस

वि.सं.२०७७ मंसिर १७ बुधवार १६:४८ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...