
१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १५६७ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १५६७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९२.३ प्रतिशत हो ।
आज २०७३ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कतिजना निको भए त ?