
२० मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४६० सहित देशैभरी १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ६ हजार ७४ वटा नमुना परीक्षण गरिएकोमा १ हजार २४ जना सक्रमित थपिएका हुन् ।
संक्रमित १०२४ मध्ये ४०२ जना महिला र ६२२ जना पुरुष रहेका छन् ।
आज थपिएका १०२४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
त्यसैगरी आज देशैभरका संस्थागत आइसोलेशन तथा होम आइसोलेसनमा रहेका २२०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज निको भएका २२०६ जनाससँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको यो दर ९३.४ प्रतिशत हो ।