back
CTIZAN AD

पहिलोपटक नेपालले ल्यायो एकीकृत परराष्ट्र नीति, यस्तो छ ‘परराष्ट्र नीति २०७७’

वि.सं.२०७७ मंसिर २१ आइतवार

1.1K 

shares

२१ मंसिर, काठमाडौं । नेपाल सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले परराष्ट्र नीति २०७७ सार्वजनिक गरेका हुन ।

प्रतिवेदनमा नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन, एकीकृत परराष्ट्र नीति, नेपाल–भारत सीमाङ्कन, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको पूर्णतालगायत महत्वपूर्ण आयोजनाको समाप्ति, चीनका राष्ट्रपतिको राजकीय भ्रमण र त्यसै सन्दर्भमा दुई देशबीच भएका २० वटा समझदारीपत्रलगायत विषय समावेश गरिएको छ ।

नेपालले सन्तुलित र स्वतन्त्त परराष्ट्र नीतिको सुझबुझपूर्ण अवलम्बन एवम् राष्ट्रिय सामथ्र्यको एकीकृत रुपमा कार्यान्वयन गर्दै आएको दस्तावेजमा उल्लेख छ ।

‘सबैसँग मित्रता, कसैसँगै छैन शत्रुता’ को मर्म अनुरुप नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकी लगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको दस्तावेजमा उल्लेख छ ।

नीतिमा नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने उल्लेख समेत गरिएको छ । मन्त्री ज्ञवालीले भने,‘केही सन्दर्भ बदलिएका छन् तर असंलग्न परराष्ट्र नीति अझै सान्दर्भिक रहेको छ ।’

‘स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बद्र्धन र प्रबद्र्धन गर्ने’ परराष्ट्र नीतिको लक्ष्य रहेको जनाइएको छ ।

नेपालको विकासका साझेदारसँगको सघन सहकार्य, अष्ट्रिया, इण्डोनेशिया, लाओस, मलेसिया, म्यान्मा, पाकिस्तान, सर्विया र फिलिपिन्ससँग कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव, संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन, जी ७७, विश्व व्यापार सङ्गठन, सार्क, बिम्स्टेक, साङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय एवं क्षेत्रीय सङ्गठनमा नेपालको सशक्त उपस्थिति र सहभागिता पनि प्रतिवेदनमा समेटिएको छ ।

त्यसैगरी, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका नाताले आधारभूत मानवअधिकार संरक्षण र प्रवद्र्धनमा नेपालले निर्वाह गरेको भूमिका, आप्रवासी नेपालीको हकहितको रक्षा तथा सुरक्षा, कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार, स्वदेश फिर्तीमा सहजीकरणलगायत वर्षभरि मन्त्रालय र विदेशस्थित नेपाली नियोगले गरेका कामको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १९:०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...