back
CTIZAN AD

राप्रपाले झन्डोत्तोलन तथा चुनाब चिन्नको अनावरण गर्दै

वि.सं.२०७७ मंसिर २२ सोमवार

1.1K 

shares

२२ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झन्डोत्तोलन तथा चुनाव चिन्हको अनावरण आज गर्दैछ ।

पटक–पटक फुटजुटको शृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणको ८ महिनापछि गाई अंकित झन्डाको झन्डोत्तोलन र चुनाब चिन्ह हलोको अनावरणबाट गर्न लागेको हो ।  चाबहिलमा रहेको राप्रपाको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुने कार्यक्रम रहेको छ ।

करिब ३० बर्ष अगाडी हलो र गाई लिएर एकै दिन दर्ता भएको दुइटा राप्रपा बीच कहिले हलो र कहिले गाई चिन्ह बिच निकै पटक एकता र फुट भएको स्मरण गर्दै राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अब यो दुवैको संयोजनले एकतालाई बलियो जगमा खडा गरेको बताएका छन् । अध्यक्ष डा लोहनीले यो एकताले निरन्तरता सहित को गतिसिलताको सिद्धान्तमा अडेर राजसंस्था सहितको उदार प्रजातन्त्र तथा सनातन धर्म हिन्दु राष्ट्र नेपालको पहिचान कायम गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

अबको राप्रपाको एकताको जग बलियो बताउँदै उनले राष्ट्रको अगाडी प्रजातन्त्रको नाममा देखिएको अधिनायकबाद, अराजकता, भ्रस्टाचार, दुराचार, र लुटतन्त्रको बिरोध तथा नेपाली जनताको गास, बास , कपास, स्वास्थ, शिक्षा, रोजगारी तथा सुरक्षाको लागि एकचित्त भएर लाग्नु आगामी दिनको मूल चुनौती भनेका छन् ।

गत फाल्गुणमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता भएको थियो ।

वि.सं.२०७७ मंसिर २२ सोमवार ०८:०५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...