२२ मंसिर, काठमाडौं । कलाकार मनोज गजुरेलले दोश्रो विहे गर्ने भएका छन् ।
प्रेम विवाहको २२ वर्षपछि मीना ढकालसँग सम्बन्ध विच्छेद गरेका मनोज गजुरेलले केही समयपछि आफ्नो दोस्रो विहेको बारेमा सार्वजनिक गर्ने बताएका छन् ।
उनले एपी वान टिभीमा अन्र्तवार्ताका क्रममा आफूले चाँडै नै आफ्नो जीवनमा कोही साथी जोड्ने बताएका छन् ।
‘तपाईहरुको सल्लाह सुझाव सल्लाह अनुसार मैले छिट्ट नै मेरो जीवनमा कोही साथी जोड्दैछु, हामी जोडिदै छौं । अहिलेलाई मैले यतिमात्र भने ।’ उनले भनेका छन् ।
वि.सं.२०७७ मंसिर २२ सोमवार १०:३० मा प्रकाशित






























