back
CTIZAN AD

कञचनपुरमा पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

वि.सं.२०७७ मंसिर २२ सोमवार

747 

shares

२२ मङ्सिर, कञ्चनपुर । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ ।

मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको छ । निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा नमूना तयार गरेको छ ।

काठमाडाँैबाट आउने विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा मूर्तिका एउटा मूर्ति निर्माणका लागि छनोट गरिने महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले बताए ।

उनका अनुसार मूर्तिको फाउन्डेसनमा बन्ने कमलको फूललगायतको संरचना निर्माणको कार्य निर्माण कम्पनीले पूरा गरेको छ । सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण गर्नुपर्ने छ ।

बालसन्त जगद्गुरुले नेपाल पैदलयात्रा गरेर सङ्कलन गरेको रु दुई करोड, भीमदत्त नगरपालिकाले रु ५० लाख,प्रदेश सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु ५० लाख मूर्ति निर्माणका लागि लगानी गरिएको छ ।

अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ । साढे तीन वर्षमा मूर्ति निर्माण हुने छ । निर्माण कम्पनीले भने दुई वर्ष नौ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्ने छन् ।

तीन रोपनी जग्गामा मूर्ति निर्माण गरिने छ । मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी सङ्ग्रहालयसमेत निर्माण गरिने छ ।

चार वर्षअघि जगद्गुरु मोहनशरण देवाचार्यले भम्केनी धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउका लागि मौनव्रतदेखि नेपालभर पैदल भ्रमण गरेका थिए ।

जगद्गुरुले विसं २०७२ ५ वैशाख भम्केनीदेखि नेपाल आमाको मूर्ति निर्माणका लागि महाकालीदेखि मेचीसम्म पैदलयात्रा गरेका थिए । जगद्गुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा रु एक करोड ८४ लाख ७२ हजार सङ्कलन गरेका थिए ।

स्थानीय खगेश्वर केसीले पौराणिक शक्तिपीठको रूपमा रहेको भम्केनीलाई विकसित गराउनका लागि चार वर्षदेखि स्थानीयवासी जागरुक भएको बताए ।

उनले धार्मिक पर्यटकीय सम्भावना बोकेको भम्केनी ओझेलमा परेकाले विकासका लागि अनुष्ठान गरिएको बताए । भम्केनी धाममा रहेका कुण्डमा भकभक गरेर पानी निस्कने भएकाले यसको नाम भम्केनी रहन गएको उनका भनाइ छ ।

धार्मिकजनका अनुसार पौराणिककालमा भम्केनीमा छ कुण्ड थिए । तीमध्ये पाँच पाण्डव र एक द्रौपदीको कुण्ड थियो । भीमले एक द्रौपदीका लागि नुहाउन कुण्ड बनाएको भम्केनी धामका अध्यक्ष कृष्णबहादुर सिंहले बताए । अहिले पनि भम्केनीमा पौराणिक छ कुण्ड रहेका छन् । रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार १०:४४ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...