२२ मंसिर, काठमाडौं । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजनाअन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरेको छ।
कोरोना महामारीको कठिन परिस्थितिमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि टेलिकमले निःशुल्क सिम उपलब्ध गराएको हो ।
सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि ९असीमित० कुराकानी गर्न, शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन् ।
यी सुविधा प्रयोग गरेवबापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ ।
यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सियुजी सिमकार्ड लिन सक्ने कम्पनिले जनएको छ ।
वि.सं.२०७७ मंसिर २२ सोमवार १०:५० मा प्रकाशित






























