back
CTIZAN AD

मोरङमा अज्ञात समूहद्धारा प्रधानाध्यापकको गोली हानी हत्या

वि.सं.२०७७ मंसिर २३ मंगलवार

690 

shares

२३ मंसिर, काठमाडौं । मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं १ को बर्खे भन्ने ठाउँमा प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार बिहान ५ बजेको समयमा ४-५ जनाको अज्ञात समुहले श्रेष्ठलाई घरबाट जर्वजस्ती लगेको र १ किमी टाढा जंगलमा लगेर हत्या गरेको सूचना आफूहरुले पाएको संसारन्युजलाई जानकारी दिए ।

‘उहाँको परिवारले गोली हानी हत्या गरेको अवस्थामा शव भेटिएको भनेर खबर गर्नुभएको छ । टाढा भएकोले हाम्रो टोली त्यहाँ पुगिसकेको छैन । अनुसन्धान पश्चात सबैकुरा खुल्ने छ ।’ एसपी खड्काले भने ।

संचारमाध्यममा विप्लव समूहद्धारा गोली हानी हत्या भनेर समाचार आएको भएपनि एसपी खड्काले आफूले यहि समूह बनेर नबताएको पनि संसारन्युजलाई बताए ।

यसै विषयमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले श्रेष्ठको घर भन्दा १ कि.मी टाढा जंगलमा हत्या भएको अवस्थामा शब भेटिएको जानकारी आफूले पाएको तर घटनास्थल पु्गिनसकेको जानकारी दिए ।

‘बिहान ४-५ जनाको समुहले उहाँलाई जर्वजस्ती घरबाट लगेको र परिवारले हल्ला खल्ला गर्दा जंगलमा मृत अवस्थामा शब भेटिएको जानकारी पाएका छौं । यहाँबाट दुई घण्टा टाढा छ । म पनि त्यहाँ जाँदैछु ।’

अध्यक्ष आचार्यका अनुसार ४५ वर्षीय श्रेष्ठ बर्खेमा रहेको सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । file photo

वि.सं.२०७७ मंसिर २३ मंगलवार १२:२६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...