२२ मङ्सिर, महोत्तरी । पिपरा गाउँपालिका–१ एकरहियास्थित सडकमा ना.१ क ४८०५ नम्बरको स्कुल बसले ज. ५ प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पिपरा गाउँपालिका–३ बस्ने १९ वर्षीय अमित यादवको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय नविन यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार १२:१६ मा प्रकाशित






























