back
CTIZAN AD

बगालेलाई चान्सलर पदकसहित तीन पदक

वि.सं.२०७७ मंसिर २३ मंगलवार

807 

shares

२३ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६ औ दीक्षान्त समारोहमा चान्सलर पदक लिलाप्रसाद बगालेले प्राप्त गरेका छन् । मूल समारोह समितिका सदस्यसचिव डा घनश्याम ठाकुरले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तह परीक्षामा प्रथम श्रेणीमा प्रथम हुने बगालेलाई सो पुरस्कार प्रदान गर्न थालिएको जानकारी दिए । बगालेले ४.० सिजिपिए प्राप्त गरेका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का सहनियन्त्रकसमेत रहेका ठाकुरले समारोहमा विभिन्न ३१ वटा पदक र पुरस्कार प्रदान गर्ने बताए । बगालले चान्सलरसहित त्रिवि प्राध्यापक सङ्घ स्वर्ग पदक र रामप्रसाद मानन्धर स्वर्ग पदकसमेत पाएका छन् । इन्द्रभक्त श्रेष्ठ स्वर्ग पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबिए तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने प्रतीक्षा रिजालले प्राप्त गरेका छन् । उनले ३।९२ अङ्क प्राप्त गरेका छन् ।

यस्तै अङ्ग्रेजी केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट ३.९४ अङ्क ल्याएका स्वर्णिमराज लम्सालले नरेन्द्रमणि आचार्य दीक्षित स्वर्ण पदक र मोहनप्रसाद लाखे स्वर्ण पदक पाएका छन् । दुवै पदक अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहमा सर्वप्रथम भएको बापत प्राप्त गरेका थिए । यसैगरी अर्थशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पसमा अध्ययनरत नरेन्द्रराज पनेरुले तारापद चौधरी पदक, खगेन्द्रमानसिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन् । उनले स्नातकोत्तर तहमा अर्थशास्त्र विषयमा ३.८५ सिजिपिए ल्याई सर्वप्रथम भएका थिए ।

यस्तै पत्रकारिता केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट २०७४ सालको स्नातकोत्तर तहको पत्रकारिता विषयमा सर्वोकृष्ट अङ्कका साथ सर्वप्रथम भएका राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीले दुई वटा पदक पाएका छन् । उनले त्रिवि दीक्षान्त पदक र नारायण शान्ति मिश्र पदक पाएका हुन् ।

यसैगरी रसायनशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह (एमएस्सी) मा सर्वप्रथम भएका रामलाल भुसालले अमृत पदक र पिएम सिंह पदक पाएका छन् । समारोहमा व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह (एमबिएस) परीक्षामा सर्वप्रथम भएकी पूजा भट्टराईले नेपाल बैंक लिमिटेड खरदार गुञ्जमानसिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएकी छन् ।

यस्तै राजनीतिशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट राजनीतिशास्त्रमा एमए गर्नुभएका चक्र बमले ललित चन्द पदक र बडाकाजी मरिचमानसिंह पदक पाएका छन् ।

२०० मात्र सहभागी

कोभिड–१९ को कारणले यस वर्ष दीक्षित हुने सीमित विद्यार्थीलाई मात्र समारोहमा सहभागी गराउने समारोह समितिका सदस्यसचिव डा ठाकुरले जानकारी दिए । उनका अनुसार समारोहमा पदक पाउने, विद्यावारिधि र एमफिलका दीक्षित हुने र अन्य अतिथि गरी करिब २०० जनालाई मात्र सहभागी गराइने छ । सधै पुल्चोकस्थित पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुँदै आएको दीक्षान्त समारोह यसपटक भने बल्खुस्थित पनिका कार्यालयको प्राङ्गणमा हुनेभएको छ ।

दीक्षान्त समारोहमा ५८औँ ग्रेडलिस्टका ५६ हजार ७१३ जना सहभागी हुने पाउने व्यवस्था भए पनि कोभिड–१९ को कारणले दीक्षित हुने विद्यार्थी अघिल्लो वर्षको तुलनामा घटेका छन् । यस वर्ष सात हजार ८७ जना विद्यार्थी दीक्षित हुँदैछन् । गत वर्ष करिब १० हजार विद्यार्थी समारोहमा सहभागी भएका थिए । समारोहमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म उत्तीर्ण भई ट्रान्सक्रिप्ट दिएका स्नातक, स्नातकोत्तर तह, एमफिल र विद्यावारिधि गरेका विद्यार्थी सहभागी हुने छन् । समारोह पुस ६ गते हुँदैछ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार २०:२७ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...