
२४ मंसिर, काठमाडौँ । लोक सेवा आयोगले (अप्राविधिक) पदहरुको बढुवाका लागि दरखास्त मागको विज्ञापन गरेको छ ।
आयोगले सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह ३०६ पदका लागि विज्ञापन गरेको हो ।
ती पदहरुमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा पदपूर्ति गर्नु पर्ने भएकाले सम्भाव्य उम्मेदवारहरुलाई दरखास्तको लागि अनुरोध गरेको छ ।
उम्मेदवारहरुलाई तल सूचनामा उल्लेखित डकुमेन्ट पु¥याएर २०७७/९/२८ गतेभित्र दरखास्त दिन भनिएको छ ।