Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

दलकै कमजोरीको उपज हो ‘राजा आउ देश बचाउ’ का नारा



 जनताको बलिदानीको वेवास्ता गर्दै आफू टिकिरहन, स्थापित हुन, स्वार्थी प्रवृति र ‘आफू भलो त जगतै भलो’ शैलीमा मोहमा गणतन्त्र पक्षधर दल र नेता लिप्त हुँदाको परिणाम हो –हटाइएकाले हटाउनेलाई हटाउन भईरहेको आन्दोलन र नाराबाजी । ओरालो लागेको मृगलाई बाछाले पछि खेद्छ भन्नै उदाहरणको उपज पनि हो ‘राजा आउ देश बचाउ’ नारा । आफ्नो कमजोरीमा नै हुन् अरुले खेल्ने । आज गणतन्त्र पक्षधरकै कमजोरीले तन्त्रनै परिर्वतनका नारा लाग्न थालेको स्पष्ट हो ।

सत्तामा पुगेकालाई टिकिरहने र सत्ता बाहिर रहेकालाई शक्तिले सत्तामा पुग्ने ध्याउन्न हुन्छ । सत्ता प्राप्तिको मोहले शक्ति संघर्ष चलिरहन्छ । शक्ति संघर्षले केहि समय एउटालाई र केहि समय अर्कैलाई सत्ताको भोग गर्न पुग्छ । यो ‘भोग पुग्ने’ कुराको पुष्टि विश्वका कैयन राजनीतिक उतारचढावले गरेकै कुरा हुन् ।

नेपालको इतिहास पल्टाउने हो भने पनि शक्ति संघर्षले सत्ताको भोग धेरैलाई धेरै समय पुगिसकेको छ । स–साना राज्यका राजाहरुले नेपाल एकिकरण पूर्व सत्ताको भोग गरे । त्यसपछि एकिकरण भएपछि सत्ताको भोग शाह वंशीय परिवारमा पुग्यो । धेरै समय पछि श्री ३ ले सत्ताको लामो समय भोग ग¥यो । श्री ३ को भोग पुग्यो फेरि श्री ५ मा भोग स¥यो । फेरि श्री ५ बाट भोग सर्दै गणतन्त्रका पक्षधरले भोग गरिरहेको अवस्था छ, नेपालको । यस्तै हो राजनीतिको चक्र । भोग सर्छ, सरि रहन्छ । तर गम्भिर प्रश्न ‘सत्ताको भोग गर्नेहरु सत्तामै टिकिरहन चाहिँ किन सक्दैनन् ?’

जब सत्ता प्राप्ति हुन्छ तब मोह, बेमेल, अदूरदर्शीता र अर्को कित्ताको त्यहि सत्ता प्राप्तिको मोहले सघर्ष चल्छ र भोग सर्छ । नेपालमा पनि त्यहि क्रम निरन्तर चलिरहेको छ । नेपालमा ठूलो जनआन्दोलन र कैयौंको बलिदानी पछि २ सय ४० वर्षे राजसंस्था ढल्यो । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६२/६३ मा भएको जनआन्दोलनबाट पुर्नस्थापित भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि त्यसलाई स्वीकार्दै गद्दीत्याग गरेका थिए । विसं २०५८ जेष्ठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बन्न पुगेका थिए । राजसंस्था ढलेपछि गणन्त्रतको उदय भयो नेपालमा ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुक नेपालमा फेरि राजसंस्था पुर्नस्थापनाको आन्दोलन सुरु भएको छ । गणतन्त्र स्थापना भएपछि केहि वर्ष मौन बसेको तन्त्रनै यतिवेला पुर्नस्थापनाको कसरतमा बलियो गरि लागेको छ । केहि साता यता राजसंस्था र हिन्दूराष्ट्र स्थापनाका निम्ति देशका विभिन्न ठाउँमा भएका आन्दोलनले गर्मागर्मी बहस सृजना भईसकेको छ । राजतन्त्रको माग राखेर १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ ले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पृथ्वीनारायण शाहको तस्वीरसहित ‘राजा आऊ, देश बचाऊ‘ भन्दै नारा लगाए । त्यसको एक साता पनि नहुँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ठ्याक्कै त्यस्तै दृश्य दोहोरियो । पृथ्वीनारायण शाहको तस्वीरसहित ‘राजा आऊ, देश बचाऊ‘ को नारा मज्जाले नै लाग्यो । फरक थियो त केवल आयोजकको नाम । झापा सहित विभिन्न जिल्लाहरुमा पनि यस खाले नारा लाग्न थालेका छन् ।

गणतन्त्र प्राप्तिका लागि आन्दोलनमा होमिएका दलकै कमजोरीको उपज हो ‘राजा आउ देश बचाउ’ का नारा । जनताको बलिदानीको वेवास्ता गर्दै आफू टिकिरहन, स्थापित हुन, स्वार्थी प्रवृति र ‘आफू भलो त जगतै भलो’ शैलीमा मोहमा गणतन्त्र पक्षधर दल र नेता लिप्त हुँदाको परिणाम हो –हटाइएकाले हटाउनेलाई हटाउन भईरहेको आन्दोलन र नाराबाजी । ओरालो लागेको मृगलाई बाछाले पछि खेद्छ भन्नै उदाहरणको उपज पनि हो ‘राजा आउ देश बचाउ’ नारा । आफ्नो कमजोरीमा नै हुन् अरुले खेल्ने । आज गणतन्त्र पक्षधरकै कमजोरीले तन्त्रनै परिर्वतनका नारा लाग्न थालेको स्पष्ट हो ।

हिजो त्यहि तन्त्र ठिक भएन भनेर नयाँ तन्त्र ल्याउन सडकमा होमिएकाहरु अर्थात् हिजो गणतन्त्र ल्याउने नै आज राजतन्त्रको पक्षमा सडकमा नाराबाजीमा जानुले गणतन्त्र ल्याउने दल, दलका नेताको कार्यशैली प्रति जनता वाक्क दिक्क भएको संकेतका रुपमा लिन ढिला गर्ने हो भने चाँडै ‘हटाइएकाले हटाउनेलाई हटाएको हुनेछन् ।’ अर्थात् गणतन्त्र नै संकटमा पर्न सक्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलकका प्रधानमन्त्रीको गृहजिल्ला झापामा पनि बृहत ¥याली प्रदर्शन गरेको छ । ¥यालीमा गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो । प्रर्दशनमा नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघीयता खारेजीको माग राप्रपाका नेता तथा कार्यकर्ताले गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे । दिनहुँ जसो हुने यस खाले ¥याली र राजतन्त्र पक्षधरहरुका अभिव्यक्ति तथा गतिविधिले मूलुकमा नयाँ संकेत गरिरहेको छ ।

साँच्चै भन्ने हो भने, गणतन्त्र पक्षधर र राजसंस्था पक्षधर बीच ‘तन्त्र’ परिर्वतन गर्न ठूलै शक्ति संघर्ष सुरु भएको छ । शक्ति संघर्षमा जो बलियो हुन्छ उसले भनेको तन्त्र टिक्छ या स्थापीत हुन्छ, जो कमजोर छ उ वषौंसम्म शक्ति संघर्षबाट नै सत्तामा पुग्न प्रयासरत हुनेछ । किनकी सत्तामा पुगेकालाई टिकिरहने र सत्ता बाहिर रहेकालाई शक्तिले सत्तामा पुग्ने ध्याउन्न हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय