२४ मंसिर,काठमाडौं । साताको चौथो दिन बुधवार सेयर कारोवार नेप्से आजपनि ओरालो लागेको छ । नेप्सेमा आज १.९८ प्रतिशतले गिरावट आएको छ । आज समग्र कारोवार रकम पौँने ५ अर्बमा झरेको छ ।
आज नेप्से परिसूचक १.९८ प्रतिशतले ओरालो लाग्दै १९५५.७५ विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि २.२३ प्रतिशतले ओरालो लागेर ३७१.७१ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज हाईड्रोपावर बाहेकका सबै कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा बढि जिवन बीमा कम्पनी समुहका लगानीकर्ताहरुले गुमाएका छन । उनीहरुले २७०.४६ अंकले गुमाएका छन् ।
आज कूल सूचिकृत मध्ये २०१ कम्पनीको ४ अर्ब ६४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँ वरावरको १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ४६ हजार ४७५ पटक लेनदेन भएको छ ।
आजको कारोवारमा यूनिलिभर नेपालले सबैभन्दा बढि कमाएको छ । उसले मात्र ६२७ अंकले कमाउदै ३.३० प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा नारायणी बिकास बैंकल(३६), सन्जेन जलविद्युत कम्पनी(२८०), ले कामउदा साल्ट टे«डेङ कर्पोरेसन(२६५), बिशाल बजार कम्पनी(१४०), नेपाल पुनर्बीमा कम्पनी(६५), लगायतका लगानिकर्ताहरुले गुमाएका छन् ।
आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ४२ करोड ४२ लाख ७२ हजार ९०३ रुपैयाँ वरावरको २ लाख ७४ हजार ३७५ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य १५४० रहेको छ । त्यस्तैै अपर तापाकोशि , अरुण काबेली पावर लिमिटेड, नेपाल लाईफ इन्सुरेन्स क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
कारोवार संख्याको आधारमा अरुण काबेली पावर लिमिटेड शिर्ष संथानमा रह्यो । त्यस्तै अपर तापाकोशि, रसुवा गढी हाइड्रो पावर, नविल बैंक लिमिटेड क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।
आज कुल सूचिकृत कम्पनी मध्ये ३२ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १३६ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै ६ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७७ मंसिर २४ बुधवार १५:२८ मा प्रकाशित





























