back
CTIZAN AD

गलकोट कोतघरको संरक्षण र विकासमा लगानी गरिने

वि.सं.२०७७ मंसिर २४ बुधवार

843 

shares

२४ मंसिर, बागलुङ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त बताएका छन् । गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि आज उनले पर्यटनको विकासका लागि सरकारले पूर्वाधार बनाउने, निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार गर्नुपर्ने बताए ।

“खोप आएर कोभिड व्यवस्थापन हुनासाथ विदेशी पर्यटक घुम्नका लागि नेपाल आउन चाहन्छन्, त्यो अवसर छोपौँ, पूर्वाधार बनाऔँ”, मन्त्री लम्सालले भने । मन्त्री लम्सालले बागलुङको पर्यटनले फड्को मार्ने गरी योजना अघि बढाइने पनि बताए । उनले सहस्रधारा झरना र ऐतिहासिक गलकोट दरबारसमेत अवलोकन गरेका थिए ।

मन्त्री लम्सालले आजै गलकोट कोभिड–१९ अस्थायी अस्पताल र नगर अस्पतालको पनि उद्घाटन गरेका छन् । वडा नं ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो । रासस

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:२८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...