back
CTIZAN AD

चेपाङका किशोरीको लागि छात्रावास भवन बन्दै

वि.सं.२०७७ मंसिर २४ बुधवार

660 

shares

२४ मंसिर, धादिङ । गजुरी गाउँपालिका वडा नम्बर १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३० किशोरी बस्न मिल्ने भवन निर्माण गर्न लागिएको हो ।

प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा निर्माण गर्न लागेको हो । साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु एक करोड १५ लाखको लागतमा निर्माण गरिने योजना गरिएको भवन २०७८ जेठमसान्तसम्म सम्पन्न हुने प्रयासका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज भवन शिलान्यास गर्दै विकासका काम कुनै पनि बहानामा नरोक्न आग्रह गरे । चेपाङ किशोरीको शैक्षिक विकासका लागि किशोरी चेपाङ समुदायलाई लक्ष्य गरेर निर्माण गरिने छात्रावासबाट किशोरीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने जनाउँदै शिक्षाका माध्यमबाट सामाजिक रुपान्तरण अभियानमा सहकार्य निरन्तर रहने अपेक्षा सहयोगी साझेदार संस्थाले गरेको छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भौगोलिक विकट स्थानबाट उच्च शिक्षाका लागि आएका चेपाङ किशोरीको पढाइमा सहयोगका लागि विकास साझेदारसँगको समन्वय तथा सहकार्यमा निर्मित छात्रावासको सही प्रयोग तथा व्यवस्थापनमा आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे् । उक्त कार्यक्रममा १६ दिने लैङ्गिक हिंसाविरुद्धको दिवसको अवसर पारेर प्रकाशित ‘लैङ्गिकतामा आधारित मुद्दामा समुदाय सशक्तीकरण सहयोगी सामग्री’ नामक पुस्तक विमोचन गरिएको थियो । रासस

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:५२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...