
२४ माघ, काठमाडौं । मानब अधिकार आयोगले मोरङका शिक्षक हत्यामा संलग्नलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।
आयोगले मिक्लाजुङ गाउँपालिका मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते भएको हत्या घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद प्रकट गरेको जनाएको छ ।
‘आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दछ, ’ उक्त घटनाको आयोगको प्रदेश कार्यालय बिराटनगरले अनुगमन गरिरहेको जाानकारी दिँदै भनेको छ ‘साथै, कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’