back
CTIZAN AD

अनिल कपुरको फिल्म विवादमा, भारतीय वायु सेनाले गर्यो दृश्य हटाउन माग

वि.सं.२०७७ मंसिर २४ बुधवार

777 

shares

काठमाडौं । अभिनेता अनिल कपुरको फिल्म ‘एके भिएस एके’ विवादमा परेको छ । सार्वजनिक ट्रेलरप्रति भारतीय वायु सेनाले प्रश्न उठाएपछि विवादमा परेको हो । वायु सेनाले तत्काल कतिपय दृश्य हटाउन माग गरेको छ ।

सोमबार फिल्मको ट्रेलर नेटफिल्क्समार्फत सार्वजनिक भएको थियो । जसलाई कपुर र अनुराग कश्यपले आफ्नो ट्विटमार्फत सार्वजनिक गरेका थिए ।

फिल्ममा मुख्य भूमिकामा अनिल कपुर र अनुराग कश्यप छन् । ट्रेलरको केहि दृश्यमा कपुर वायु सेनाको बर्दीमा देखिएका छन् । भारतीय वायु सेनाले उक्त दृश्य प्रति आपत्ति जनाएको हो । वायु सेनाले उक्त दृश्यसँग सम्बन्धित सबै दृश्य तत्काल हटाउन माग गरेको छ ।

वायुसेनाले उक्त दृश्यमा प्रयोग भएको भाषाशैली गम्भीर भएको बताएको छ ।

फिल्म ‘एके भिएस एके’ विक्रमादित्य मोटवानेल निर्देशित गरेका थिए । फिल्म आगामी २४ डिसेम्बरमा रिलिज गर्ने कार्यक्रम छ । तर, विवादमा तानिएसँगै तय मितिमै रिलिज हुने नहुने अन्यौंलमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १७:२७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...