
काठमाडौं । अभिनेता अनिल कपुरको फिल्म ‘एके भिएस एके’ विवादमा परेको छ । सार्वजनिक ट्रेलरप्रति भारतीय वायु सेनाले प्रश्न उठाएपछि विवादमा परेको हो । वायु सेनाले तत्काल कतिपय दृश्य हटाउन माग गरेको छ ।
सोमबार फिल्मको ट्रेलर नेटफिल्क्समार्फत सार्वजनिक भएको थियो । जसलाई कपुर र अनुराग कश्यपले आफ्नो ट्विटमार्फत सार्वजनिक गरेका थिए ।
फिल्ममा मुख्य भूमिकामा अनिल कपुर र अनुराग कश्यप छन् । ट्रेलरको केहि दृश्यमा कपुर वायु सेनाको बर्दीमा देखिएका छन् । भारतीय वायु सेनाले उक्त दृश्य प्रति आपत्ति जनाएको हो । वायु सेनाले उक्त दृश्यसँग सम्बन्धित सबै दृश्य तत्काल हटाउन माग गरेको छ ।
The IAF uniform in this video is inaccurately donned & the language used is inappropriate. This does not conform to the behavioural norms of those in the Armed Forces of India. The related scenes need to be withdrawn.@NetflixIndia @anuragkashyap72#AkvsAk https://t.co/F6PoyFtbuB
— Indian Air Force (@IAF_MCC) December 9, 2020
वायुसेनाले उक्त दृश्यमा प्रयोग भएको भाषाशैली गम्भीर भएको बताएको छ ।
फिल्म ‘एके भिएस एके’ विक्रमादित्य मोटवानेल निर्देशित गरेका थिए । फिल्म आगामी २४ डिसेम्बरमा रिलिज गर्ने कार्यक्रम छ । तर, विवादमा तानिएसँगै तय मितिमै रिलिज हुने नहुने अन्यौंलमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।