back
CTIZAN AD

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति बैठकले तय गर्ने

वि.सं.२०७७ मंसिर २४ बुधवार

744 

shares

२४ मंसिर, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा उनले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन, कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेल क्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अभिभारा भएको बताए । उनले भने ‘१३ औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचल्लित हुने थिएनौं । यद्यपी भब्यताको कुनै कमि नरहने गरि नवौं राष्ट्रिय खेलकुद हुन्छ, त्यसका लागि आगामी राखेपको बैठकले उपयुक्त मिति तय गर्नेछ ।’

अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्दै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताए । ओलम्पिकमा समावेश हुने खेल लगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको छ, कोभिडको केन्द्र खेलकुद नवनोस् त्यो कुरामा हामी सचेत छौं, सदस्यसचिव सिलवालले भने । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संसद जिवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राखे । नेपाल कबड्ी संघकी अध्यक्ष संसद तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया,बागमती प्रदेशका सदस्य–सचिव सुर्य भण्डारीलगायत बिभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा राखेपका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ मंसिर २४ बुधवार २०:३६ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...