back
CTIZAN AD

चार करोडको लागतमा काठमाडौँ महानगरपालिकाको वडा कार्यालय निर्माण सम्पन्न

वि.सं.२०७७ मंसिर २७ शनिवार

702 

shares

२७ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।

कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो । दुुई वर्षको समयमा निर्माण भएको भवन २५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको र चार तले छ ।

भूमिगत तलामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी प्राचीन वास्तुकला झल्कने आँखी झ्यालको प्रयोग गरिएको छ । भवनमा दर्ता चलानी, तालीम कक्ष, सेवाग्राहीको सुविधाका लागि विश्रामस्थल, जनप्रतिनिधिको कक्षलाई समेत व्यवस्थित गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा वडाध्यक्ष शोभा सापकोटाले भवनमा वास्तुपूजा गरी गृह प्रवेश गरे । भाडामा बसेको कार्यालय सानो र साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भएको बताउँदै वडाध्यक्ष सापकोटाले केही दिनभित्र नयाँ भवनबाट सेवा सञ्चालन गरिने जानकारी दिए। रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १६:२१ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...