back
CTIZAN AD

इरानमा पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड

वि.सं.२०७७ मंसिर २८ आइतवार

636 

shares

२८ मंसिर । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए ।

अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा पत्रकार जामलाई गिरफ्तार गरेको थियो । इरानी सर्वोच्च अदालतले फैसला सुनाएको चार दिनपछि पत्रकार जामलाई मृत्युदण्ड दिइएको थियो ।

इरानको राज्य नियन्त्रित समाचार संस्था इर्नाका अनुसार पत्रकार जामलाई शनिबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

पत्रकार जामलाई मृत्युदण्ड दिइनु मानव अधिकारको ठाडो उल्लंघन भएको जनाउँदै रिपोर्टर्स विदाउट बोर्डर्सले आपत्ति जनाएको छ ।

पत्रकार जामले संचालन गरेको टेलिग्राम एप्समा इरानी सरकारले प्रदर्शनकारीमाथि गरेका दुव्र्यवहारको समयरेखा सहित समाचार सामग्री राखिएको छ । त्यसबखत झण्डै एक हजार प्रदर्शनकारीलाई गिरफ्तार गरिएको थियो । त्यसक्रममा झण्डै २०० देखि ४०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौं व्यक्ति घाइते भएका थिए ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १५:५४ मा प्रकाशित

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...