back
CTIZAN AD

गौतमबुद्ध कप २०२० को उपाधि टिम राप्तीलाई, नारायणी फाइनलमा ९ रनले पराजित

वि.सं.२०७७ मंसिर ३० मंगलवार

717 

shares

३० मङ्सिर, काठमाडौँ । गौतमबुद्ध कपको २०२० को उपाधि टिम राप्तीले आफ्नो नाममा गरेको छ ।

टिम राप्ती र टिम नारायणी बिच भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनल खेलमा टिम राप्तीले टिम नारायणीलाई ९ रनले पराजित गदैँ उपाधि आफ्नो नाममा गरेको हो ।

फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको राप्तीले आफ्नो २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । राप्तीका लागि ब्याटिङ्गमा कुलश भुर्तेलले ४२, अमित श्रेष्ठले १८, शरद भेषवाकरले १२, विनोद भण्डारीले ३२ र सुमित महर्जनले २२ रन बनाएका थिए । नारायणीका लागि साहब आलमले उत्कृष्ट बलिङ्ग गदैँ सर्वाधिक ३ विकेट लिएका थिए ।

टिम राप्तीले दिएको १४४ रनको लक्ष्य टिम नारायाणीले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । टिम नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । नारायणीका लागि आरिफ शेखले ३१ बलमा ४८ रनको पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । टिम राप्तीका लागि बलिङ्गमा अभिनाष बोहराले सर्वाधिक ३ विकेट लिएका थिए भने भुवन सार्कीले २, जितेन्द्र मुखिया र कमल सिंह ऐरीले १/१ विकेट हात पार्न सफल भएका थिए । ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १५:१४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...