back
CTIZAN AD

पूर्वाधार विकासको क्षेत्रमा मन्त्रालयले निरन्तरकाम गरिरहेको छ: मन्त्री फुयाँल

वि.सं.२०७७ मंसिर ३० मंगलवार

732 

shares

३० मंसिर, काठमाडौं । वाग्मती प्रदेश सरकारले पछिल्लो दुई वर्षको अवधिमा एक हजार ३३९ किलोमिटर सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रालय मातहतका विभिन्न निकायले ८०७ किमी कच्ची र १५५ किमी कालोपत्र सडक निर्माण गरेका हुन् ।

त्यस्तै ३२० किमी ग्राभेल र २४ किमी ढलान सडक निर्माण गरेको मन्त्रालयले जनाएको छ । सो अवधिका विभिन्न ३३ पुल सम्पन्न भएका छन् । आगामी असार मसान्तसम्ममा ५५ पुल सम्पन्न हुने भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल जानकारी दिए ।

उनका अनुसार अन्य ४५ पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मन्त्री फुयाँलले एक घर एक धारा कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा अगाडि बढाइएको, कृषि उत्पादन बढाउन सिँचाइमा जोड दिइएको र प्रदेशभरिका २४ वटा ऐतिहासिक राजकुलाको पुनःनिर्माण, ढुङ्गेधारा, इनार, तालतलैया जस्ता सम्पदा संरक्षण अगाडि बढाइएको बताए ।

उनले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माणका लागि परामर्शदाता छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्राप्त १२ वटा प्रस्तावको मूल्याङ्कन अध्ययनको अन्तिमचरणमा रहेको तथा सुरुङ निर्माणको बोलपत्र आह्वान गर्न तयारी भइरहेको जानकारी दिए ।

मन्त्री फुयाँलले सिन्धुलीमाडी – भूमेस्थान – चकमके – कटारी सडकको शिलन्यास गरिएको बताए । एक हजार ४५६ किलोमिटर लम्बाइको सडकखण्ड रु ३४ करोड ४१ लाखमा निर्माण सम्पन्न हुनेछ । सो सडक आगामी २०७९ असार २५ सम्म सम्पन्न हुने गरी बोलपत्र स्वीकृत भएको उनको भनाइ छ ।

त्यस्तै प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि बस खरिद गर्ने प्रक्रिया प्रारम्भ गरिसकेको मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिए । रासस

वि.सं.२०७७ मंसिर ३० मंगलवार १५:०४ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...