
२ पौष, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ ) मा १० लाख ७४ हजार पाँच सय ४५ जना आवेदकले आवेदन दिएका छन । आइपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा उक्त आवेदकबाट दुई करोड ९१ लाख तीन हजार ३०० कित्ता सेयर आवेदन परेको हो।
कम्पनीले यही मंसिर २९ गतेदेखि सर्वसाधार लगानीकर्ताको लागि ५४ करोड रुपैयाँको ५४ लाख कित्ता सेयर निष्कासन गरेकोमा माग भन्दा ५.३८ गुणा बढी आवेदन दिएको छ । आईपीओमा झण्डै आधा संख्याका आवेदकको आवेदन खाली हुने देखिएको छ ।
धितोपत्र बोर्डको १० कित्तै नीतिका कारण आवेदन दिएका सबैलाई १० कित्ता न्यूनतम दिनु पर्ने छ । इन्स्योरेन्सको साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदन दिएका छन् ।
कम्पनिको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।