back
CTIZAN AD

कर्णाली प्रदेशमा ४९४ फरार प्रतिवादी पक्राउ

वि.सं.२०७७ पुस ३ शुक्रवार

699 

shares

३ पुष, काठमाडौँ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।
“फरार अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको नियमित काम हो”, उनले भने, “यो अभियान चालु आवको साउनदेखि देशैभरी सञ्चालन भइरहेको छ । कर्णालीमा फरार अभियुक्तको सङ्ख्या धेरै छ ।” यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराध बढिरहेको उनले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले यो चौमासिकमा अपराध नियन्त्रणका क्षेत्रमा राम्रै प्रगति भएको बताए । “हामीले अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिकसम्म ३७६ फरार प्रतिवादीलाई पक्राउ ग¥र्यौ”, उनले भने, “प्रहरीको अनुसन्धानका क्रममा भने ११८ फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो ।”

पक्राउपर्ने फरार प्रतिवादीमा सबैभन्दा बढी सुर्खेतका छन् । प्रहरी नायब उपरीक्षक बमका अनुसार पक्राउपर्ने फरार प्रतिवादीमा सुर्खेतका १५७, सल्यानका १३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना छन् । उहाँले भन्नुभयो, “फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ परेका ३७६ प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई २२७ वर्ष दुई महिना २९ दिन कैद हुनुका साथै रु ८४ लाख तीन हजार ९६७ जरिवाना असुल गरिएको छ ।”

पुराना मुद्दाका ११८ फरार प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गरेर कारवाहीका लागि सरकारी वकिलमार्फत जिल्ला अदालतमा उपस्थित गराइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

वि.सं.२०७७ पुस ३ शुक्रवार १३:५८ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...